समाचार

ट्रम्पमाथि गोली चलाउने आक्रमणकारीको बारेमा अमेरिकी सिक्रेट सर्भिसले के–के जानकारी दियो ?

३० असार २०८१, आईतवार १०:५४

काठमाडौं ,३० आसार । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी ¥यालीमा भएको गोलीकाण्डबारे अमेरिकी सुरक्षा एजेन्सी सिक्रेट सर्भिसले विज्ञप्ति जारी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ – आक्रमणकारीले “¥याली स्थल बाहिर एक उच्च स्थानबाट” मञ्च तर्फ धेरै राउन्ड गोली चलाएका थिए ।

विज्ञप्तिमा भनिएअनुसार आक्रमणकारीले दर्शकहरू मध्ये एक व्यक्तिको हत्या गरेको छ र दुई जनालाई गम्भीर रूपमा घाइते बनाएको छ। एजेन्टहरूले आक्रमणकारीलाई घटनास्थलमै मारेका थिए।

विज्ञप्रिको पूर्णपाठमा भनिएको छ – “पूर्व राष्ट्रपति ट्रम्पको चुनावी ¥यालीको क्रममा बटलर पेन्सिल्भेनियामा १३ जुलाईको साँझ लगभग ६ः१५ मा एक संदिग्ध शूटरले ¥याली साइट बाहिर एक उच्च स्थानबाट मञ्चतर्फ धेरै गोली हाने।”

“अमेरिकी सिक्रेट सर्भिसका कर्मचारीहरूले आक्रमणकारीलाई असफल बनाएका छन् जो अहिले मारिएका छन्। अमेरिकी सिक्रेट सर्भिसले तुरुन्तै सुरक्षात्मक उपायहरूको साथ प्रतिक्रिया दियो र पूर्व राष्ट्रपति ट्रम्प सुरक्षित छन्।”

“एक दर्शकको मृत्यु भयो र दुई दर्शक गम्भीर घाइते भए। यो घटना हाल अनुसन्धानमा छ र सिक्रेट सर्भिसले एफबीआईलाई सूचित गरेको छ।”

 

प्रतिक्रिया दिनुहोस्