समाचार

बारामा चौध किलो अबैध चाँदी सहित २ जना पक्राउ

९ कार्तिक २०८१, शुक्रबार ११:४९

वीरगञ्ज ,९ कात्तिक। जिल्ला प्रहरी कार्यालय बाराले चौध किलो अबैध चाँदी सहित २ जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट खटिएको प्रहरी टोलीले आज बिहान चाँदी सहित दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रसौनी गाँउपालिका वडा नं.६ प्रस्टोका बस्ने अन्दाजी वर्ष ३३ को सन्तोष साह सोनार र जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.८ गमरगावा टोल बस्ने अन्दाजी वर्ष २७ को सुरेश महतोको रहेका छन् ।

ना ५२ प २५८४ नं. को २२० सीसीको पल्सर मोटरसाईकलमा गईरहेका सोनारको साथबाट १६ लाख १० हजार ३२५ मूल्य बराबरको अन्दाजी ९ किलो चाँदी बरामद गरेको छ । त्यस्तै ना ५५ प ३९३२ नं. को १५० सीसी पल्सर मोटरसाईकलमा रहेका महतोको साथबाट ८ लाख ९४ हजार ६२५ रुपैंया मूल्य बराबरको अन्दाजी ५ किलो चाँदी बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पथलैयाबाट हेटौंडातर्फ मोटरसाईकलमा गईरहेका उनीहरुलाई शंका लागेर रोकी चेक जाँच गर्दा मोटरसाईकलको ट्याङ्की भित्र फल्स बटम बनाएर लुकाई छिपाई लगी रहेको जम्मा २५ लाख ४ हजार ९ सय ५० रूपैया बराबरको चाँदीका विभिन्न गरगहना सहित नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटोले बताए ।

 

प्रतिक्रिया दिनुहोस्