वीरगञ्ज ,७ मंसिर। गौतम माध्यामिक विद्यालयले एसईई २०८० मा ३.९७ जिपिए ल्याएर पर्सा जिल्लामै उत्कृष्ट हुनुभएकी विद्यार्थी रिया साहलाई सम्मान गरेको छ ।
विद्यालयमा आयोजना गरिएको सम्मान कार्यक्रममा विद्यार्थी साहलाई विद्यालयको तर्फबाट नगद २५ हजार सहित सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले नगद र खादा सहित सम्मान गर्नुभयो । विद्यार्थी रिया साहले गौतम माध्यमिक विद्यालयबाट २०८० को एसईई परीक्षा दिनुभएको थियो ।
एसईई नतिजामा उहाँको कम्प्युटरमा कम नम्बर आएको थियो । आफूलाई नतिजामा चित्त नबुझेपछि पुर्नयोगको लागि आवेदन दिनुभयो । र पुर्नयोगबाट साहले ३.९७ जीपीए प्राप्त गर्नुभयो । जुन पर्सा जिल्लाकै सबैभन्दा धेरै नम्बर ल्याउने विद्यार्थी बन्नुभयो । उहाँलाई विद्यालयमै शुक्रबार कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो ।
विद्यालयकी सहायक प्रधानाध्यापिका परीक्षा पिया लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान, महानगर अध्यक्ष आलनेक चौरसिया, उपाध्यक्ष शिव गुप्ता, हिसानका केन्द्रीय सदस्य मनिष सिंह, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, फोनिजका मधेस प्रदेश इञ्चार्ज निरज पिठाकोटे मगर, यात्राडेली डटकमका अध्यक्ष राम सर्राफ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक सौराज प्रधानले गर्नुभएको थियो ।