समाचार

मनसुन ढिलो बाहिरिनुमा ‘जलवायु परिवर्तन’ कारण

२७ आश्विन २०८१, आईतवार १२:०४

काठमाडौं,२७ असोज । जलवायु विज्ञले जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धि भई मनसुन प्रणाली फेरबदल भएको बताएका छन्। यही परिवर्तनका कारण यो वर्षको मनसुन विगतका वर्षको तुलनामा १० दिनपछि बाहिरिएको उनीहरूले बताएका छन्।

जलवायुविद् मञ्जित ढकाल मनसुन ढिलागरी बाहिरिनुलाई मनसुन प्रणालीमा भएको फेरबदल मान्छन्। यही असोज ११ र १२ गतेको अविरल वर्षा जलवायु परिवर्तनको प्रभाव भएको उनको विश्लेषण छ। यद्यपि यस्ता जलवायुजन्य जोखिमको अनुसन्धान हुनुपर्ने उनको भनाइ छ।

‘जलवायु अनुकूलनका कार्यक्रमलाई प्राथामिकता दिन अपरिहार्य भएको छ’, ‘इन्टरगभर्नमेन्टल प्यानल अन क्लाइमेट चेन्ज’ प्रतिवेदन उद्धरण गर्दै उनले भने।

मौसमविद् विष्णु घिमिरे पनि मनसुन प्रणाली ढिलो टुङ्गिनु जलवायु परिवर्तनको प्रभाव हो वा होइन भन्ने निष्कर्षमा पुग्न अनुसन्धान गर्नुपर्नेमा जोड दिन्छन्। जलवायु परिवर्र्तनको असरका कारण मनसुन प्रक्रियामा तलमाथि भएको हुनसक्ने उनको भनाइ छ। रासस

 

प्रतिक्रिया दिनुहोस्