Uncategorized

घडिअर्वा सहित सबै छठघाटमा सुरक्षा अवस्था प्रभावकारी बनाउने सुरक्षा निकायको आश्वासन

२० कार्तिक २०८१, मंगलवार १३:२६

वीरगन्ज, २० कार्तिक । घडिअर्वा छठपूजा व्यावस्थापन समिति र सुरक्षा निकायबीचको बैठक सम्पन्न, ब्रतालु र भक्तजनहरुलाई सुरक्षाको प्रत्याभूति हुने प्रशासनको आश्वासन २० कार्तिक, वीरगञ्ज । देशभरकै चर्चामा रहने गरेको वीरगन्जको घडिअर्वा पोखरी छठ पूजा व्यावस्थापन समिति र सुरक्षा निकायबीचको बैठक सम्पन्न भएको छ ।

बैठकमा उपस्थित पर्सा जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले पर्वमा कुनै किसिमको सुरक्षा कमजोरी हुन नदिनेमा आश्वस्त पारेका छन् । मंगलबार घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले सुरक्षा निकायका प्रमुखहरुसँगको बैठकमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले छठघाटमा सुरक्षाका सवालमा कुनै सम्झौता नहुने बताएका हुन् ।

बैठकमा सहभागी पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्ला सुरक्षा समितिको बैठक बसेर छठघाटको सुरक्षाको रणनीति तय गर्ने र त्यसैअनुसार सुरक्षाकर्मी परिचालन गर्ने जानकारी दिनुभयो । छठघाटहरुमा हुने भीड व्यवस्थापन, सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरणका लागि स्थानीय प्रहरी प्रशासन गम्भीर रहेको उहाँले बताउनुभयो ।

बैठकमा पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले आयोजक समितिका स्वंयसेवकसंग मिलेर नेपाल प्रहरीले छठघाटको सुरक्षामा काम गर्ने बताउनुभयो । छठघाटमा नेपाल प्रहरीका तर्फबाट आवश्यक सुरक्षाकर्मी परिचालन गरिने उनले बताए यस्तै पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले पनि घठघाटको सुरक्षा व्यवस्थापनमा सशस्त्र प्रहरी परिचालन गरिने बताउनुभयो।

पोखरीको जलाशय ठूलो भएका कारण मोटरेबल बोटसहितको टोलीपनि खटाइने जानकारी दिदैं उनले सशस्त्र प्रहरी बलका महिला सुरक्षाकर्मीपनि परिचालन गरिने बताउनुभयो । बैठकमा घडिअर्वा छठपूजा व्यवस्थापन समितिको सुरक्षा उपसमितिका संयोजक मनोहर साहले छठघाट परिसर भित्र र बाहिर गरी २० वटा सिसिटिभी क्यामेरा जडान गरिएको जानकारी दिदैं घडिअर्वा स्पोर्ट्स क्लबका ४० जना स्वंयसेवकपनि परिचालन गरिने बताउनुभयो ।

वीरगञ्जको घडीअर्वा पोखरी छठघाटमा छठ पूजा र दर्शनका लागि १ लाख ५० हजार बढी भक्तजनहरु पुग्ने गरेका छन् । घडिअर्वा छठघाटमा पूजा र दर्शनका लागि आउनेहरुको सुरक्षा प्रबन्धलाई विगतको भन्दा अझ प्रभावकारी बनाउने प्रयास आँफुहरुले गरिरहेको उहाँले बताउनुभयो । बैठकमा घडिअर्वा स्पोटर््स क्लबका सचिव सन्तोष गुप्ताले सम्भावित दुर्घटनालार्इ मध्यनजर गरि छठघाट परिसर बाहिर एम्बुलेन्स, बारुण यन्त्रको व्यावस्था र प्राथमिक उपचार शिविरपनि रहने बताए ।

सुरक्षा उपसमितिका संयोजक मनोहर साहको अध्यक्षतामा भएको बैठकमा वीरगन्जस्थित नेपाली सेनाको श्रीजंग गणका गणपति कर्णेल निराजन कटुवाल,राष्ट्रिय अनुसन्धानका अनुसन्धान अधिकृत ललितनाारायण चौधरी, वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानु, पूर्व वडाध्यक्ष रामनगीना साह कानु,जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्ट,

वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरिक्षक निरोज चौलागाई , घडीअर्वा छठपूजा व्यवस्थापन समितिका अध्यक्ष दिलिप साह कानु, पूर्व अध्यक्षहरु प्रमानन्द साह कानु, मदन प्रसाद गुप्ता, बाल्मिकी साह , प्रेम साह कानु ,घडिअर्वा स्पोटर््स क्लबका अध्यक्ष सन्तोष सहा कानु,सचिव लखनलाल गुप्ता, प्रभाकर गुप्ता लगायतकोपनि सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्